Rule 53
वैकल्पिक हेरचाहको
: व्यवस्था: (१) वैकल्पिक हेरचाहको आवश्यकता भएका: बालबालिकालाई निजको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा बालबालिकाको उच्चतम हित सुनिश्चित हुने गरी बालकल्याण अधिकारीको सिफारिसमा सम्बन्धित स्थानीय बाल अधिकार समितिले वैकल्पिक हेरचाहको व्यवस्था मिलाउनु पर्नेछ ।

(२)- उपनियम (१) बमोजिम वैकल्पिक हेरचाहको व्यवस्था मिलाउँदा ऐनको दफा ४९ को उपदफा (२) को खण्ड (क) बमोजिमका नातेदारलाई प्राथमिकता तोक्दा बाल कल्याण अधिकारीले देहाय बमोजिमको आधारमा विश्लेषण गरी नातेदार तोक्नु पर्नेछ:- (क) नातेदारको इच्छा,

(ख) आर्थिक क्षमता,

(ग) पारिवारिक सौहार्दता,

(घ) पारिवारिक अवस्था ।

(३) उपनियम (२) बमोजिम विश्लेषण: गर्दा उपयुक्त देखिएमा बाल कल्याण अधिकारीले बालबालिकाको इच्छा बमोजिम सम्बन्धित नातेदारसँग राखी वैकल्पिक हेरचाहको व्यवस्था मिलाउनु पर्नेछ ।

(४) उपनियम (२) बमोजिम कुनै नातेदार नभएमा वा नातेदार भए तापनि त्यस्ता नातेदार उपयुक्त नभएमा वा सम्बन्धित बालबालिकाले त्यस्ता नातेदारको हेरचाहमा बस्न इच्छा नगरेमा बाल कल्याण अधिकारीले ऐनको दफा ४९ को उपदफा (२) को खण्ड (ख) बमोजिमका परिवार वा व्यक्तिसँग राखी हेरचाहको व्यवस्था मिलाउनु पर्नेछ ।

(५) उपनियम-(३) र (४) बमोजिमको नातेदार, परिवारका सदस्य, वा व्यक्तिको योग्यता देहाय बमोजिम हुनु पर्नेछ:-

(क) घरेलु हिंसा, बालबालिका विरूद्धको कसूर तथा नैतिकपतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी नठहरिएको,

(ख) मान्यता प्राप्त चिकित्सकबाट देहायको सिफारिस प्राप्त गरेको:- (१) शारीरिक र मानसिक रूपमा बालबालिकालाई हेरचाह गर्न सक्षम भएको,

(२) दीर्घकालीन उपचार गर्नुपर्ने वा सरूवा रोगबाट सङ्क्रमित नभएको,

(३) लाग्‌ पदार्थ दुर्व्यसन वा अन्य कुनै कुलतमा नफसेको,

(ग) ऐनको दफा ६२ को उपदफा (२) बमोजिम: _. नियुक्त समाजसेवीको सामाजिक लेखाजोखा प्रतिवेदनबाट उपयुक्त ठहच्याएको ।

(६) उपनियम (४) बमोजिमका वैकल्पिक हेरचाह गर्न इच्छुक परिवार तथा व्यक्ति सम्बन्धित स्थानीय तहमा स्थानीय कानूनबमोजिम सूचीकृत हुनु पर्नेछ ।

(७) स्थानीय तहले उपनियम (६) बमोजिमका परिवार तथा व्यक्तिलाई: सूचीकृत गर्दा त्यस्ता परिवार तथा व्यक्तिको उपनियम (२) मा उल्लिखित आधारको अतिरिक्त स्थानीय कानूनले तोकेका अन्य आधारमासमेत मूल्याङ्कन गर्न सक्नेछ ।

(८) स्थानीय तहमा सूचीकृत वैकल्पिक हेरचाह गर्ने परिवार तथा व्यक्तिको छनौट गर्दा बालबालिकाको चाहना बमोजिम गर्नु पर्नेछ ।

(९) सम्बन्धित स्थानीय तहमा कुनै परिवार तथा व्यक्ति सूचीकृत नभएको अवस्थामा वा बालबालिकाले त्यस्तो परिवार तथा व्यक्तिको हेरचाहमा बस्ने इच्छा नगरेमा बाल कल्याण अधिकारीले सम्बन्धित स्थानीय तहमा सूचीकृत परिषद्बाट सञ्चालन अनुमति प्राप्त गरेको परिवारमा आधारित हेरचाह गर्ने संस्थामा त्यस्तो बालबालिकाको हेरचाहको व्यवस्था गर्नु पर्नेछ ।

(१०) उपनियम (९) बमोजिम परिवारमा आधारित हेरचाह गर्ने संस्था सूचीकृत हुने सम्बन्धी अन्य व्यवस्था सम्बन्धित स्थानीय कानून बमोजिम हुनेछ: ।

(११) सम्बन्धित स्थानीय तहमा परिवारमा आधारित हेरचाह गर्ने संस्था सूचीकृत नभएको अवस्थामा अर्को नजिकैको स्थानीय तहमा परिवारमा आधारित हेरचाह गर्ने संस्था सूचीकृत भएमा सो स्थानीय तहमा सम्बन्धित स्थानीय तहले वैकल्पिक हेरचाह सम्बन्धी व्यवस्था मिलाउनु पर्नेछ ।

(१२) बाल कल्याण अधिकारीले ऐनको दफा ४९ को उपदफा (२) को खण्ड (क), (ख) र (ग) बमोजिमको प्राथमिकताका आधारमा- वैकल्पिक हेरचाहको व्यवस्था हुन नसकेमा वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकालाई सम्भव भएसम्म सबैभन्दा नजिकैको बाल गृहमा हेरचाहको लागि पठाउने व्यवस्था मिलाउनु पर्नेछ ।

(१३) बाल कल्याण अधिकारीले वैकल्पिक हेरचाहमा राख्नुपूर्व सम्बन्धित बालबालिकाले बुझ्ने गरी निजलाई पुच्याइने सेवा, / सुविधा तथा हेरचाहको बारेमा बालमैत्री वातावरणमा जानकारी दिनु पर्नेछ ।